ट्याक्टरले किचेर एक तीन वर्षीय बालकको मृत्यु

१५ पुस ७७, बुधबार
Share this
785shares

१५ पौष, मोरङ ।

Advertisement

मोरङको केरावारी गाउँपालिका-६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा अन्य केटाकेटीहरु समेत खेलिरहेको अवस्थामा ट्याक्टरको गियर चलाउँदा ट्याक्टर आफै गुड्न गई अगाडी खेलिरहेको ती बालकलाई किच्दा घाईते बालक गम्भिर घाइते भएका थिए ।

Advertisement

बालकको धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top