×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

स्वास्थ्य सुरक्षा अपनाउन सांसदहरुलाई राष्ट्रिय सभाका अध्यक्षको अपिल

१५ पौष, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् ।

बुधबार नेपाल टाईम्ससँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड १९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिए । तर यो अवधिभर राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेका छन् ।

Advertisement
Advertisement

१७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताए । संसद भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानि अपनाउन आग्रह गरे ।

उनले भने ‘अहिले हामी कोभिड–१९ कै महामारीकाबीचमा छौं । तसर्थ स्वास्थ्य सावधानि अपनाउने कुरामा माननीयज्यूहरु जो जिल्लामा, क्षेत्रमा बाहिर जानुभएको छ उहाँहरु अलिक सर्तकता, क्वारेन्टाइनमा सम्म बस्नेपनि बिचार गरेर आइदिनुप¥यो । भोली उहाँहरुको स्वाव संकलन एवं स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौं । पर्सि रिपोर्ट आइहाल्छ । त्यसको आधारमा प्रवेश गर्छौं। यसकारण स्वाव दिनुअघि आजैको दिनमा पनि बाहिर, अरु मासमा अन्यत्र नजाउँ । किनकी आजको संक्रमण भोलीको स्वावमा देखिदैन । त्यसकारण सर्तकता अपनाउँ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य बाहेक बैठक स्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायत सबैलाई पनि सर्तकता अपनाउन अनुरोध गरेका छन् ।

उनले भने ‘सुरक्षाकर्मी, सचिवालयका कर्मचारी, पत्रकार मित्रहरु जो त्यहाँ जान्छौँ उहाँहरु उच्च सर्तकताका साथ जानुप¥यो । दुरी कायम राखिदिने, मास्कको अनिवार्य प्रयोग गरिदिने, त्यहाँ सेनिटाइजरको व्यवस्था गरिएको छ त्यसलाई प्रयोग गर्ने यति कुराहरु ग¥यौ भने सचिवालयको तर्फबाट स्वास्थ्य मापदण्डका सबै प्रक्रियाहरु पुरा गर्नेगरी व्यवस्थापन मिलाएका छौँ । भित्रको त्यतिले मात्रै पर्याप्त हुँदैन, घर बाहिर अन्य गतिविधिमा जाँदापनि त्यत्तिकै सावधानि अपनाउनुपर्ने हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य सावधानि अपनाउन सकेको खण्डमा राष्ट्रिय सभाको यस अधिवेशनलाई स्वास्थ्यको कारण आउने बाधा बिना नै अगाडी बढाउन सकिने विश्वास व्यक्त गरे । साथै उनले प्रतिनिधि सभा नभएको अवस्थामा बिलहरु दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सरकारी बिजनेश भएन भने सदन लामो समय लैजान नसकिने बताए ।

उनले भने ‘अहिले प्रतिनिधि सभा नभएको हुँदा बिलहरु तल गएर दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था त छैन । तरपनि सरकारी बिजनेस भएन भने हामीलाई लामो समयसम्म हाउस लानसक्ने अवस्था हुँदैन । जसले गर्दाखेरी जनताका आवाजहरु देश र जनताका जल्दाबल्दा समस्या, सरकारकै बारेमा पनि नागरिकका चासोहरु आफ्नो प्रतिनिधि मार्फत सदनमा व्यक्त हुने अवसर लामो समय पाउन सकिदैन । छोटो हाउस भयो भने छोटो मात्रै व्यक्त हुन्छ । यसकारणले त्यस्ता विषयहरु जसलाई हामीले हाउसमा ल्याउँदाखेरी पनि सरकारलाई सहजता हुन्छ, ऐनहरु बन्ने प्रक्रियामा जान्छन् र अनि त्यसको माध्यमबाट जनताका कुराहरु माननीयले राख्न पाउने एउटा अवस्था बन्छ । त्यतातर्फपनि सरकारले पनि ध्यान दिनेछ । म सबैसँग यही बिनम्र आग्रह गर्न चाहान्छु ।’

Advertisement

राष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेको निम्ति आव्हान भएको छ । प्रतिनिधि सभा विघटनपछि पहिलोपल्ट बस्न लागेको राष्ट्रिय सभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top