दरपीठ गरिदिएको संवैधानिक परिषद अध्यादेश सम्बन्धिको रिट दर्ता गर्न आदेश

१५ पौष, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले उक्त दरपीठ गरिदिएको उक्त रिट बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंसिर ३० गते संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ संशोधन गर्न अध्यादेश जारी गरेकी थिइन् ।

उक्त अध्यादेशले संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न अध्यक्षसहित ३ जना सदस्य भए पुग्ने व्यवस्था गरेको थियो । उक्त अध्यादेशअनुसार मंसिर ३० गते संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक परिषदमा नियुक्ति सिफारिस गरेको थियो ।

उक्त अध्यादेशविरुद्ध अधिवक्ता वीरभद्र जोशीले रिट लिएर सर्वोच्च अदालत गएका थिए । तर उनको रिट सर्वोच्चका मुख्य रजिस्टार नृपध्वज निरौलाले दरपिठ गरिदिएका थिए । दरपिटविरुद्ध अधिवक्ता जोशीले दिएको रिटमा बुधबार सुनुवाई भएको हो र उक्त दरपिट आदेश बदर गर्न आदेश भएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

यो आदेशपछि प्रधानन्यायाधीशसमेत सहभागी भई बसेको ३ सदस्यीय संवैधानिक परिषदको बैठकमाथि सर्वोच्चले न्यायिक निर्णय दिनुपर्ने भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top