संसद पुनःस्थापना संविधानले दिँदैनः प्रधानमन्त्री ओली

१५ पुस, काठमाडौं ।
संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुनःस्थापना हुन नसक्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना नहुने बताएका हुन् । आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुनःस्थापना नहुने बताए ।

नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको सन्दर्भमा ओलीले भने, संविधानअनुसार विघटन भएको संसद पुनःस्थापना हुँदैन ।

संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुनःस्थापना हुँदैन, उनले थपे, संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ ।

त्यसैले विघटन भएको संसद पुनःस्थापना हुन सक्दैन । यस्तै अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने ओलीको भनाइ थियो । उनले अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको बताए ।

दाहाल र नेपाल पक्षले आफूलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले अब सँगै मिलेर चुनावमा जानुपर्ने धारणा राखेका छन् । विगतमा भएका कुरा बिर्सेर मिलेर चुनावमा जानुपर्ने धारणा उनको थियो ।

दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् ।

ओलीले दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् । उनले भने, प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ? पार्टी एकता गर्दाको आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको ओलीले बताए ।

पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए , ओलीले भने, भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो । पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको उनले बताए ।

त्यस्तै ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको पनि टिप्पणी गरेका छन् । भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’ त्यस्तै उनले प्रचण्ड–नेपालको भविष्यवाणी सधैँ असफल हुने गरेको टिप्पणी गरेका छन् ।

ओलीले भने, ‘प्रचण्डले हिजो भन्नुभएछ–वैशाखको चुनावमा केपी ओली पत्तासाफ हुन्छ । फेरि उहाँ नै भन्नुहुन्छ– चुनाव हुँदैन । तर, जे होस्, उहाँहरूको भविष्यवाणी अहिलेसम्म पुगेको छैन ।’

ओलीले विगतमा आफू बिरामी हुँदा गरिएका भविष्यवाणी पनि नमिलेको बताए । ‘पोहोर म बिरामी परेँ । अब मरिहाल्छ भनेका थिए । उपचार गराउन थाइल्याण्डको बैंकक जाँदा काठको बाकसमा फर्किन्छ भने ।

म त प्लेनको सिटमै बसेर आएँ’, ओलीले भने, ‘अस्ति अपरेसन गर्दा यो गयो भनेर भविष्यवाणी गरे । म मर्न त मर्छु एक दिन, मरिहाल्छु । उहाँहरूको आकांक्षा पूरा हुन्छ । म मर्छु सत्य हो ।

मान्छे मरोस् भन्ने कामना विरोधी मात्र होइन, शत्रुलाई पनि गर्नुहुन्न ।’ यसअघि हिजो प्रचण्डले वैशाखपछि केपी ओलीको पत्तासाफ हुने टिप्पणी गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top