नेकपा वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेललाई हटाइयो

१५ पुस, मकवानपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । यसबारे  दाहाल–नेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (बुधबार) बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो । वाग्मती प्रदेशको प्रस्तावित मुख्यमन्त्री शाक्यले बोलाएको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो ।

Advertisement

बैठकले मुख्यमन्त्री रहेका पौडेललाई नेकपा संसदीय दलको नेताबाट हटाइएको विषयमा प्रदेशसभा सचिवालय र मुख्यमन्त्री पौडेललाई जानकारी गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई कारबाही गर्दै पदमुक्त गरेपछि दाहाल–नेपाल समूहको बैठक बसेको हो । मुख्यमन्त्री पौडेलले आफूविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३० जना प्रदेशसभा सदस्यहरुलाई २४ घण्टाभित्र जवाफ दिने गरी मंगलबार स्पष्टिकरण सोधेका थिए । ‘अब मुख्यमन्त्री पौडेल हाम्रो संसदीय दलको नेता होइन । मेरो पक्षमा बहुमत सदस्य रहेका छन्,’ शाक्यले भनिन् । उनले पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री पौडेलले संसदीय दलको नेताको हैसियतले सोधेको प्रश्नको जवाफ नदिन समेत सांसदहरुलाई आग्रह गरेको बताइन् ।

‘मुख्यमन्त्री अब संसदीय दलका नेता होइनन् । उनीसँग स्पष्टिकरण सोध्ने अधिकार पनि छैन । त्यसकारण यस विषयमा जवाफ दिनुपर्दैन भनेर हामीले निर्णय गरेका छौं ।, उनले दलको उपनेता र सचेतकलाई कारबाही गर्ने अधिकार पनि मुख्यमन्त्री पौडेलसँग नरहेको दाबी गरिन् ।

दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । वाग्मती प्रदेशमा नेकपाको कूल ८० मत रहेको भए पनि प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री पौडलसँग ३४ र दाहाल–नेपाल समूहसँग ४६ मत रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top