आजका प्रमुख खबरहरुः
१.(व्यस्त भएपछि के गर्नु)
कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट फेरि हेर्न नभ्याइनेमा /निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म देशैभर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने ।
२.(टिट फर ट्याट)
नेकपा प्रचण्ड–माधव समूहद्वारा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हटाएर भीमप्रसाद आचार्यलाई संसदीय दलको नेतामा चयन /आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई मुख्यमन्त्री राईद्वारा निलम्बन ।
३.(सांसदको सुरक्षा)
राष्ट्रिय सभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन /पीसीआरको रिपोर्ट शुक्रबार बिहान सम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागि हुन पाउने ।
४.(सभामुखको विचार)
संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाई /प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै अदालतमा उत्तर दिने उल्लेख ।
५.(पूर्वको विरोध)
प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको पूर्वराष्ट्रपति डा. रामवरण यादवको भनाई /दुरगामी प्रभावलाई विचार नगरी प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको उल्लेख ।
६.(भक्तिभाव)
लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाई/प्रधानमन्त्रीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको दाबी ।
७.(बालुवाटारको धरौटी)
बालुवाटारस्थित ललिता निवास जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा/ उमाकुमारी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेको भनाई ।
८.(उद्योगी पक्राउ)
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ/पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीद्वारा अग्रवाल नियन्त्रणमा ।
९.(आजको कहर)
नेपालमा आज थपिए ५ सय ३४ नयाँ कोारेना संक्रमित /आजै ४ सय ४७ डिस्चार्ज हुँदा थप ९ संक्रमितको मृत्यु /हाल देशभर ६ हजार ३ सय ७८ सक्रिय संक्रमित ।
१०.(हो त यस्तो ?)
नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने पर्यटनमन्त्री भानुभक्त ढकालको भनाई/कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकासका कामहरु ओझेलमा परेको स्वीकार ।
११.(चोरीको गिरोह)
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजद्वारा विद्युत् चोरीमा संलग्न ४२ जनामाथि कारबाही / तीन लाख दुई हजार ५४९ रुपैयाँ राजस्व असुली /१४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा ।
१२.(मल नल्याएपछि)
मल नल्याउने ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेश खारेज÷अब शैलुङबाट धरौटी जफत, कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउदै कारबाहीको प्रक्रिया सुरु हुने ।
१३.(संसारबाट स्वीकृति)
वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने /सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने ।
१४.(भलिबलको अस्तित्व)
भलिबल संघले राष्ट्रिय खेल भलिबलका कुनै प्रतियोगिताको तालिका तय गर्न सकेन/ मुख्य समस्या आर्थिक पाटो कमजोर रहनु रहेको संघको प्रतिक्रिया /राष्ट्रिय खेलको साख जोगाउन संघ भने गम्भीर देखिएन ।
र,
१५.(कोरोनाको आहत)
हालसम्म विश्वमा कोरोना संक्रमणबाट १८ लाख १४ हजार बढीको मृत्यु/८ करोड ३१ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड ८९ लाख बढी डिस्चार्ज/नयाँ वर्षको दुई दिन भारतको दिल्लीमा बिहीबार र शुक्रबार राति कर्फ्यु जारी ।