पानीको श्रोतको संरक्षण नगरे नेपालले भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्छः विज्ञ

१६ पुस ७७, शुक्रबार

१६ पुस, काठमाडाैँ ।
नेपालको पानीको श्रोतलाई संरक्षण गर्न नेपाल सरकारले अहिले नै ध्यानदिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलश्रोत र नेपाल दृष्टि बारे अन्तरक्रियामा सहभागी भएका वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै श्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन् ।

नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले नेपालको जलश्रोतलाई विद्युत उत्पादनमा मात्रै जोड दिनु भन्दा खानेपानी, सिँचाई लगायतको क्षेत्रमा उपयोग गर्नकालागि सबैभन्दा पहिला श्रोत सुनिश्चितता गर्नुपर्ने बताएका हुन् ।

अन्तरक्रियामा जलश्रोत विज्ञ दीपक ज्ञवालीले पानीको श्रोतमानै संरक्षण र व्यवस्थापन गर्न नसके नेपालले भविश्यमा ठूलो क्षति व्यहोर्नुपर्ने बताए । नेपालले पानीको रणनैतिक श्रोतको व्यवस्थापन र उपयोग गर्न सके लाभ हुने उनको भनाई छ ।

पानीको श्रोतलाई विद्युत उत्पादनसँग मात्रै जोडेर हेर्दा नेपालको श्रोत नै गुम्न सक्ने अवस्था आउनेमा सचेत हुनुपर्नेमा पनि विज्ञहरुले जोड दिएका छन् । पानीलाई विद्युत बाहेककाअन्य क्षेत्रमा समेत उपयोग गर्न सकेमा अधिकतम लाभ लिन सकिने पनि विज्ञहरुले बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top