दिनभरका  प्रमुख  खबर

१६ पुस ७७, बिहीबार
Share this
722shares

आजका प्रमुख खबरहरुः

Advertisement

१.(व्यस्त भएपछि के गर्नु)
कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट फेरि हेर्न नभ्याइनेमा /निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म देशैभर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने ।

२.(टिट फर ट्याट)
नेकपा प्रचण्ड–माधव समूहद्वारा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हटाएर भीमप्रसाद आचार्यलाई संसदीय दलको नेतामा चयन /आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई मुख्यमन्त्री राईद्वारा निलम्बन ।

Advertisement

३.(सांसदको सुरक्षा)
राष्ट्रिय सभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन /पीसीआरको रिपोर्ट शुक्रबार बिहान सम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागि हुन पाउने ।

४.(सभामुखको विचार)
संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाई /प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै अदालतमा उत्तर दिने उल्लेख ।

Advertisement

५.(पूर्वको विरोध)
प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको पूर्वराष्ट्रपति डा. रामवरण यादवको भनाई /दुरगामी प्रभावलाई विचार नगरी प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको उल्लेख ।

६.(भक्तिभाव)
लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाई/प्रधानमन्त्रीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको दाबी ।

७.(बालुवाटारको धरौटी)
बालुवाटारस्थित ललिता निवास जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा/ उमाकुमारी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेको भनाई ।

८.(उद्योगी पक्राउ)
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ/पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीद्वारा अग्रवाल नियन्त्रणमा ।

९.(आजको कहर)
नेपालमा आज थपिए ५ सय ३४ नयाँ कोारेना संक्रमित /आजै ४ सय ४७ डिस्चार्ज हुँदा थप ९ संक्रमितको मृत्यु /हाल देशभर ६ हजार ३ सय ७८ सक्रिय संक्रमित ।

१०.(हो त यस्तो ?)
नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने पर्यटनमन्त्री भानुभक्त ढकालको भनाई/कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकासका कामहरु ओझेलमा परेको स्वीकार ।

११.(चोरीको गिरोह)
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजद्वारा विद्युत् चोरीमा संलग्न ४२ जनामाथि कारबाही / तीन लाख दुई हजार ५४९ रुपैयाँ राजस्व असुली /१४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा ।

१२.(मल नल्याएपछि)
मल नल्याउने ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेश खारेज÷अब शैलुङबाट धरौटी जफत, कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउदै कारबाहीको प्रक्रिया सुरु हुने ।

१३.(संसारबाट स्वीकृति)
वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने /सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने ।

१४.(भलिबलको अस्तित्व)
भलिबल संघले राष्ट्रिय खेल भलिबलका कुनै प्रतियोगिताको तालिका तय गर्न सकेन/ मुख्य समस्या आर्थिक पाटो कमजोर रहनु रहेको संघको प्रतिक्रिया /राष्ट्रिय खेलको साख जोगाउन संघ भने गम्भीर देखिएन ।

र,

१५.(कोरोनाको आहत)
हालसम्म विश्वमा कोरोना संक्रमणबाट १८ लाख १४ हजार बढीको मृत्यु/८ करोड ३१ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड ८९ लाख बढी डिस्चार्ज/नयाँ वर्षको दुई दिन भारतको दिल्लीमा बिहीबार र शुक्रबार राति कर्फ्यु जारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top