×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

इतिहास बोकेको इलामको चिया बगान मासिँदै

१८ पुस, इलाम।

‘इलाममै शहर, चियाबारी राम्रो त्यही प¥यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि । गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला ? तर इलामका सरकारी चियाबगानमध्ये इलाम सदरमुकामभित्रै पर्ने इलाम चिया बगानको हविगत भने ठ्याक्कै विपरीत छ । जिल्लाका अन्य चियाबगानको स्थिति पनि त्यस्तो अब्बल त छैन ।

Advertisement

इलाम चिया बगानको भन्दा केही राम्रो चाहिँ छ । जो कोही इलाम चिया बगान पुग्दा देख्न सक्छ, पुराना चियाका बुटा, अनि मासिँदै गरेका झ्याङ । हेर्न र घुम्नका लागि मात्र नभई यो चियाबारीले इतिहास पनि बोकेको छ । देशकै पहिलो चिया बगान यही हो र मुलुककै पहिलो कारखाना पनि यहीँ छ । विसं १९२० मा जङ्गबहादुर राणाले चीनबाट उपहार ल्याएको चिया यही बगानमा रोपेको इतिहास छ ।

इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले नेपालमै पहिलोपटक चिया रोपेको इतिहासकार बताउँछन् । तर अहिले संरक्षण नहुँदा सबै चिया मासिने अवस्थामा छ । नेपालमै दुर्लभ मानिने चिनियाँ जातको चिया पनि यहीँ पाइन्छ तर संरक्षण नहुँदा मासिने अवस्थामा छ ।

चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापन गरिएको छैन । विसं २०५७ मा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी साङ्घाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहनेगरी भाडामा दिएको छ ।

इलाम सदरमुकाममा रहेको चियाबगान मात्र होइन माई नगरपालिका–९ मा रहेको बगान क्षेत्र पनि मासिँदै गएको छ । चियाका बोट पुरानो भएका कारण उत्पादन पनि घट्दो छ । विसं १९२२ मा दक्षिणी इलामको सोक्तिममा चिया रोप्न शुरु गरिएको थियो भने १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको थियो । तर अहिले बगान उजाड बन्दै गएको छ भने ऐतिहासिक कारखाना जीर्ण बनेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माई नगरपालिकाले बगानलाई व्यवस्थित गर्न बगान फिर्ता दिन माग गरेका छन् । सङ्घीय सरकारलाई यी बगान स्थानीय तहलाई दिन आग्रह गरेका हुन् । स्थानीय तहको माग पनि सङ्घीय सरकारले सुनेको छैन ।

इलाम नगरपालिकाको पहिलो नगरसभाले इलाम चिया बगान स्थानीय सरकार मातहत ल्याउन पहल गर्ने निर्णय गरिसकेको छ भने माई नगरपालिकाले सरकारी स्वामित्वका सोक्तिम र चिलिमकोट चिया बगान सरकारलाई फिर्ता गराउनुपर्ने निर्णय चौथो नगरसभाबाट गरेको छ ।

“इलामको चिया बगान र उद्योग देशकै इतिहास हो तर अहिले उद्योग चाहिँ खोक्रो बनाइएको छ”, इलामका नगर प्रमुख महेश बस्नेत भन्छन्, “यो बगानको इतिहास जोगाउन स्थानीय सरकार सक्षम छ, चिया बगान र उद्योग फिर्ता ल्याउन लागिपरेका छौँ ।” सूर्योदयका नगर प्रमुख रणबहादुर राई र माई नपाका प्रमुख दीपक थेबे पनि निजी क्षेत्रबाट देशकै इतिहासका रुपमा रहेको चिया बगान सरकारको मातहतमा नल्याए देशकै इतिहास मेटिने बताए।

यता बगान पक्षले भने आफूले चिया बगानको जमिन रक्षाकै लागि पटकपटक मुद्दा मामिलामा जानु परेको बताउँदै आएको छ । मजदूर आन्दोलन, घट्दो श्रमिक जस्ता कारणले पनि कतिपय बगानलाई चाहेर पनि पुरानो अवस्थामा पुु¥याउन नसकिएको त्रिवेणी साङ्घाई समूहको भनाइ छ ।

बगान भाडामा लिए पनि बगानभित्र बाटो र संरचना बनाइँदा उत्पादन घटेको साङ्घाई ग्रुपका सुवास साङ्घाईको भनाइ छ । पछिल्लो समय इलाम नगरपालिकाले चियाबारी क्षेत्रमै बनाउँदै गरेको भवन पनि विवादित बन्यो । नगरले पार्किङसहितको चलचित्र घर बनाउने भन्दै केही चियाका बुटा उखेलेपछि चियाबारी मासेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

नगरपालिकाले चिया बगानको क्षेत्र नमासेको र नगरकै क्षेत्रभित्र भवन बनाएको जानकारी गरायो तर दुर्लभ चिया मासेकामा भने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत गम्भीर आपत्ति जनाएका छन् । अहिले पनि नगरले भवन बनाउने काम जारी राखेको छ ।

बगानमा अपेक्षाकृत फाइदा लिन नसकेको साङ्घाई ग्रुपले जनाएको छ । साङ्घाई ग्रुपले पनि विभिन्न समयमा आफूले चिया बगान चलाउन नसक्ने बताउँदै आएको छ । गएको वर्षको चिया श्रमिक आन्दोलनमा चिया श्रमिकलाई तोकिएबमोजिमको ज्याला दिन नसक्ने बताउँदै बगान चलाउन नसक्ने बताएको थियो ।

चिया श्रमिकको आन्दोलन चर्किंदै जाँदा तत्कालीन श्रममन्त्री गोकर्णराज विष्टकै पहलमा चिया बगानको समस्या सुल्झिएको थियो । पछिल्लो समय त साङ्घाई ग्रुपले यस्तो बताएको छैन तर संरचना र बाटो बनाएर बगान घटेकामा असन्तुष्टि जनाउँदै आएको छ ।

खासमा दुई पात एक सुइरो चिया चियाको गुणस्तरीय चिया भनिए पनि श्रमिक अभावका कारण गुणस्तर कायम हुन सकेको छैन । जथाभावी चिया टिपिएकै कारण चिया मासिँदै गएको स्वयं चिया श्रमिक बताउँछन् । यसरी चिया मासिँदै गएमा इलामको पहिचान मात्र नभई देशकै चियाको इतिहास नष्ट हुनेमा भने सरोकारवाला चिन्तित छन् ।– किरण पौड्याल/रासस

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top