विराटनगर,जेठ १६
प्राधानमन्त्री कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा भएको खेल ‘वेट आउटफिल्ड’ का कारण रद्द भएको छ ।
मंगलबार रातीको भारी बर्षाले प्रभावित मैदानका कारण खेल ढिलो सुरु भएको थियो ।
बिहान ११ः३० मा सुरु भएको खेलमा प्रदेश ७ ले टस जितेर ब्याटिङ रोजेपछि आठ ओभर खेल भएको थियो । तर १५ मिनेटको भारी बर्षाका कारण खेल मैदान हिलाम्मै बनेपछि पुनः खेल हुन असम्भव भयो ।
उक्त खेलमा प्रदेश ७ ले ८ ओभरमा २ विकेट गुमाउँदै १९ रन बनाएको थिए। ओपनर सुरेन्द्र चन्द २ रन बनाउँदै रन आउट भए भने सन्जु धामी प्रादेश ५ का कप्तान शक्ति गौचनको बलमा बोल्ड आउट भए ।
आजै कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको अर्को खेलमा प्रादेश ४ ले प्रदेश १ लाई ३ सय ११ रनको लक्ष्य दिएको छ । टस जित्दै ब्याटिंग रोजेको प्रदेश ४ का लागि हरी चौहानले शतक प्रहार गरे। त्यस्तै सुम घिमिरेले विष्फोटक ब्याटिंग गर्दै ६ चौका र ६ छक्का सहित ५३ बलमा ८३ रन बनाए ।