×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने

१६ जेष्ठ २०७५

पोखरा, जेठ १६

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ ।

Advertisement
Advertisement

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभागिता हुनेछ ।

उक्त महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङका अनुसार म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका अन्य भागबाट आएका धावकलाई मंगलबार नै पोखरामा एक कार्यक्रमका बीच अन्नपूर्ण आधार शिविरतर्फ बिदाइ गरिएको थियो ।

“प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसर पारेर खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन हुन लागेको हो”, उनले भने, “जेठ २० गते विहान ६ः३० बजे चार हजार १०० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु भएर एक हजार ६९० मिटर उचाइमा रहेको घान्द्रुकमा आएर म्याराथन समापन हुनेछ ।”

धावकहरूले ४२.१९५ किमी दूरी पूरा गर्ने महोत्सव प्रचारप्रसार समितिका संयोजक टंकराज अधिकारीले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरतर्फ लागेका धावकहरू मंगलबार घान्द्रुक पुगी आज बुधबार छोम्रोङ, बिहीबार हिमालय हुँदै १८ गते शुक्रबार अन्नपूर्ण आधार शिविर पुग्ने र २० गते आइतबार उनीहरू म्याराथनमा सहभागी हुनेछन् ।

म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, वाम्वो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ ।

अन्नपूर्ण म्याराथनका प्रमुख निर्णायक एवं राष्ट्रिय खेलकूद परिषद्का एथ्लेटिक्स विभागका प्रमुख प्रशिक्षक कृष्ण बस्नेतका अनुसार प्रतियोगितामा नेपालका चर्चित धावकहरू नेपाली सेनाका हरि रिमाल, होमलाल श्रेष्ठ, पूर्ण तामाङ, शेखराज चौलागार्इं, नेपाल प्रहरीका भूमिराज राई र भारतीय सेनाका धनबहादुर घर्ती मगरले समेत भाग लिँदैछन् ।

“म्याराथनका लागि नौजना निर्णायकहरू परिचालन गरिनेछ”, उनले भने, “म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वास्थ्यकर्मी, आवश्यक उपकरण एवं अन्य व्यवस्थापन पूरा भएको छ ।”

जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको यही सन्दर्भ पारी म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रचार संयोजक अधिकारीका अनुसार म्याराथनमा प्रथम हुने धावकले रु एक लाख, दोस्रोले रु ७० हजार, तेस्रोले ५० हजार नगद पुरस्कार पाउने र उत्कृष्ट १० जनाभित्र पर्ने धावकले सान्त्वना पुरस्कार पाउने छन् ।

महोत्सवको तेस्रो चरणअन्तर्गत जेठ १७ देखि २० गतेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका प्रमुख सल्लाहकार यमनाथ सापकोटाले जानकारी दिए ।

गत असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरण गत पुस १० देखि १५ गतेसम्म विविध खेलकूद एवं सांस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको थियो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवकै अवसरमा अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगको शालिक निर्माण गरिने भएको आयोजकले जनाएको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top