ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा देखिएनन्, ’हराएको’ आशंका

२० पौष, एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनी ’हराएको’ आशंका गरिएको छ । याहु न्युजले ज्याक मा हराएकोबारे समाचार प्रकाशित गरेको छ।

उक्त समाचारमा अलिबाबाका संस्थापक मा पछिल्लो समय ’अफ्रिका बिजनेस हिरोज’मा अनुपस्थित हुनुले पनि उनी हराएको शंकामा बल पुगेको उल्लेख छ।

नोभेम्बरमा भएको उक्त ट्यालेन्ट सोको फाइनलमा मा निर्णायक बस्ने भनिएको थियो। तर पछि उनको तस्बिर वेबसाइटबाटै हटाइएको थियो। उक्त सोमा मा लगानीकर्ता हुन्। पछि अलिबाबाका अर्का अधिकारी उक्त सोमा निर्णायक भएका थिए।

Advertisement

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।

अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्।

Advertisement

पछिल्लो समय माले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए।

माको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो । सांघाई स्टक एक्चेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।

माले विवादास्पद अभिव्यक्ति दिएपछि बेइजिङले उनको कम्पनीविरूद्ध एन्टी मोनोपोली अनुसन्धान सुरू गरेको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top