१० वटा ड्रागन बोटबाट वार्षिक ५० हजार आम्दानी

२१ पुस ७७, बुधबार

२२ पौेष, काठमाडौं । बाँकेको खजुरा गाँउपालिका वडा नं.४ का तिलक सिरिस मगरले ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । ६ बर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फर्किएका मगरले मलेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारीमा खेती सुरु गरेका हुन् ।

बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ६ वर्ष सम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बसे । मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गरेका मगर अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती सुरु गरेका छन् ।

सुरुमा एउटा बोटबाट खेती सुरु गरेका मगरको बारीमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको विक्री भइसकेको बताए ।

ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छन् । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताइन । अहिलेसम्म घरबाटै प्रति केजि ६ सय रुपैयाँको दरले विक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताइन् ।

स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्साहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताए ।

पालिकालाई नमुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषि तर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top