ओमानका अलेखबद्ध नेपालीहरूका लागि मार्चसम्मको समय थप

२२ पौष, मुस्क्याट । रोजगारी तथा विभिन्न कामको सिलसिलामा ओमानमा रहेका अलेखबद्ध नेपालीहरु तत्काल जरिवाना तिर्नुपर्ने कारबाहीबाट बचेका छन् ।

Advertisement

ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्कन पाउने अवधि मार्चसम्म थपेपछि उनीहरुले ओमान छोड्नका लागि श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने भएको छ ।

सरकारको यही निर्णय अनुसार उक्त अवधि थपिएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा १५ नोभेम्बर देखि ३१ डिसेम्बर २०२० सम्म श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय गरेको थियो ।

Advertisement

ओमानमा कामदार अनुमित पत्र तथा भिसा सकिएर वा लामो समयदेखि आफ्नो स्पोन्सरको सम्पर्क बाहिर रहेका नेपालीहरुलाई सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यसरी नेपाल आउन चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) दूतावास तथा श्रम सहचारी दिनेश ढकाललाई ७१५९ २५०६ मा सम्पर्क गर्न समेत नेपाली दूतावासले अनुरोध गरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top