धनगढीका छाडा गाई गोरु बझाङमा लगेर व्यवस्थापन गरिने

१७ जेठ ७५, बिहीबार

धनगढी, जेठ १७
धनगढी लगायतका क्षेत्रमा छाडा पशु चांैपायाको समस्या बढ्दै जाँदा यस्ता पशु चौपायालाई बझाङ्ग जिल्ला पु¥याई गरिब तथा विपन्न परिवारलाई वितरण गरेर व्यवस्थापन गरिने भएको छ ।

Advertisement

धनगढी उपमहानगरपालिकाका प्रमुख, बझाङ्गको खप्तड छान्ना गाउँपालिका र सुर्मा गाउँपालिकाका प्रमुखबीच बुधबार यस सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, बझाङको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्खबहादुर रोकाया र सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराबीच हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा छाडा चौपाया गाई गोरुलाई धनगढीबाट बझाङसम्म पु¥याउने कामको जिम्मा धनगढी उपमहानगरपालिकाले गर्ने र पु¥याइने गाई गोरुको बझाङका यी दुई गाउँपालिकाले समुदायमा वितरण गरेको सम्बन्धी भर्पाई धनगढी उपमहानगरलाई दिनुपर्ने उल्लेख छ ।

Advertisement

पहिलो चरणमा खप्तड छान्ना गाउँपालिकाले तीन सय गाई गोरु र सुर्मा गाउँपालिकाले छ सय गाई गोरु लैजाने सहमति भएको सुर्मा गापाका अध्यक्ष नरबहादुर बोहराले बताए ।

बोहराले भने–“धनगढीबाट लगेका गाई गोरु गरिब तथा विपन्न परिवारमा बाँड्छौं, गरिब तथा विपन्नले गाई किन्न नसक्दा दूध खान पाएका छैनन् ।”

Advertisement

बझाङमा गाई गोरु लैजाने योजनाबाट जिल्लाको पोषणको अवस्थामा सुधार आइ स्थानीयवासी गरिब जनताको आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिएको छ । यी गाई गोरुलाई निःशुल्क रुपमा वितरण गरिने जनाइएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतमणि पाण्डेले भने—“गाउँपालिकाका अध्यक्षद्वयले पवित्र मनले हामी सामुदायिक पशु चौपाया लैजान्छौ भन्नुभएको छ ।”

विगत दुई वर्षयता कैलाली जिल्ला र खासगरी धनगढी उप–महानगरपलिका क्षेत्रमा पशु चौपाया छोड्ने प्रवृत्ति बढ्दै जाँदा यसले बजारमा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न गराएको मात्र नभइ किसानको अन्नबाली खाएर नोक्सान पु¥याइरहेको छ ।

यी चौपायाको व्यवस्थापनका लागि भन्दै उपमहानगरले केही ठाउँमा गौशाला निर्माण समेत गरेको छ । छाडा गाई गोरुको व्यवस्थापनको लागि गौशाला निर्माण गर्ने भन्दै यहाँ हालै महायज्ञ समेत गरिएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top