भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

२३ पुस ७७, बिहीबार

२३ पुस, सुर्खेत ।

Advertisement

सुर्खेतको गुर्भाकोट नगरपालिका–९, गराले गौडामा सडकबाट भेरी नदीमा बस खसेर दुर्घटना हुँदा एक जना घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३, का सुमन नेपाली रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

सडकबाट नदीमा खसेर डुबेको बसबाट एक जना बेपत्ता भएको र अर्का घाइतेको उद्धार गरी उपचारको लागि मेहलकुना अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले जानकारी दिए ।

Advertisement

उहाँका अनुसार सल्यानको कालीमाटीबाट रिजर्भ लिन सल्ली बजार जाँदै गरेको बस आज दिउँसो छिञ्चु –जाजरकोट सडक खण्डमा तीव्र गतिका कारण अनियन्त्रित भएर बस भेरी नदीमा खसेको हुनसक्ने प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ ।

बसमा सवार मध्ये एक जनाको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको उनको भनाइ छ । बसमा ३ जना मात्रै सवार थिए । बस सडकबाट करिव डेढ सय मिटर तल नदीमा खसेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top