आज यस्तो छ प्रधानमन्त्रीको कार्यतालिका, आजै भेट, आजै फिर्ती

७ मंसिर २०८३, सोमबार
Share this
765shares

७ मंसिर , काठमाण्डौ ।

Advertisement

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भ्रमणको दोस्रो तथा अन्तिम दिन उच्चस्तरीय भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रमहरू तय ।

सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले आज भारतीय राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने ।

Advertisement

बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिने।

त्यसपछि बिहान १०ः४० बजे उनी राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम ।

भ्रमणको मुख्य राजनीतिक कार्यक्रमअन्तर्गत बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुने।

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा विकास सहकार्यका विषयमा छलफल हुने अपेक्षा ।

त्यसपछि दिउँसो १२ः२५ बजे दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम ।

प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्ने ।

दिनभरका औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे भारतबाट स्वदेश फर्कने कार्यतालिका ।

हिजो भारत पुगेका प्रधानमन्त्री शाहद्वारा साझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top