७ मंसिर , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक विदेशी मुद्राहरूको विनिमयदर अनुसार आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहेको छ भने युरो, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको भाउ घट्यो ।
बहराइन दिनारसहित केही मुद्राको विनिमयदर भने बढ्यो ।

आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम ।
त्यसैगरी, आज युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा कायम ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा रहदा कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ९० पैसा पुगेको राष्ट्र बैंकको सटही दरमा उल्लेख ।



