७ मंसिर , काठमाण्डौ ।
काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीका १८ वर्षीय विशाल लामा रहेको प्रहरीको भनाइ ।

नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरी राखिएको बा।१ज ९८०५ नम्बरको माइक्रोबस हराएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा चोरी भएको माइक्रोबस कलङ्कीमा फेला । चोरीमा संलग्न रहेको आरोपमा दुवै जनालाई स्वयम्भूस्थित बुद्धपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले दिए जानकारी ।



