२३ पुस, विराटनगर ।
युवा उद्यमी मञ्च नेपाल विराटनगर च्याप्टरले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहिबार विराटनगरमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चले स्थानीयस्तरमा साईकल निर्माण तथा उत्पादनकर्ता अमन रोयसँग अन्तरक्रिया गरेको हो ।
आगामी दिनमा पनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सहयोग गर्ने युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष सृजन प्याकुरेलले प्रतिवद्धता व्यक्त गरे । मञ्चले समय सापेक्ष रुपमा यसप्रकारका कार्यक्रमहरु गर्दै आएको छ ।
