×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

अर्को बैंकको एटिएम प्रयोग गर्नुहुन्छ ? अब लाग्छ शुल्क

२४ पुष २०७७

२४ पुस, काठमाडौँ ।

के तपाईले सहजरुपमा आवश्यक पैसा निकाल्नका लागि एटिएम प्रयोग गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्छ । यो समयको माग र आवश्यकता दुवै हो । एटिएम दैनिक जीवनसँग नै जोडिएको छभन्दा फरक पर्दैन ।

Advertisement

बैंकमा गएर लामा लामा लाइनमा बस्नुभन्दा जताततै सहजैरुपमा उपलब्ध हुने एटिएमबाट पैसा निकालेर आफ्नो दैनिक जीवन व्यवहार चलाइरहनु भएकै छ । कोरोनालाई नियन्त्रण गर्न सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गरेका बेलामा नेपाल राष्ट्र बैंकको निर्देशनमा जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गरेपनि कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । गत चैतको दोस्रो सातादेखि लागू भएको सो व्यवस्था गत साउनसम्म जारी थियो ।

पछिल्लो समयमा एटिएममा पुनःशुल्क लिन थालिएको थियो । राष्ट्र बैंकले त्यसलाई नियमन गरेको थियो । कोरोनाको कहर जारी रहेको भन्दै केन्द्रीय बैंकले शुल्क नलिन निर्देशन नै दिएको थियो । विद्युतीय कारोवारलाई प्रोत्साहित गर्ने लक्ष्यका साथ उक्त व्यवस्था गरिएको थियो ।

केन्द्रीय बैंकले आज एक/एक परिपत्र जारी गर्दै आगामी माघ १ गतेदेखि एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा शुल्क लिन पाउने व्यवस्था गरेको छ । बैंकका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार विद्यमान व्यवस्थाअनुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्र अर्को बैंक तथा वित्तीय संस्थाको एटिमएममा प्रयोग गर्दा कुनै शुल्क लिन नपाइने व्यवस्थामा संशोधन गरिएको छ ।

संशोधित व्यवस्थाअनुसार देशभित्र एउटा बैंकको कार्ड अर्कोमा दुईपटकसम्म प्रयोग गर्दा शुल्क लिन पाइने छैन । त्योभन्दा बढी कारोवारका हकमा भने बढीमा रु २० सम्म शुल्क लिन पाउने व्यवस्था गरिएको कार्यकारी निर्देशक कँडेलले जारी गर्नुभएको परिपत्रमा उल्लेख छ ।

भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तसम्म देशभर बैंक तथा वित्तीय संस्थाका कूल चार हजार १९१ वटा एटिएम सञ्चालनमा छन् । त्यसमा तीन हजार ८३१ वटा एटिएम ‘क’ वर्गका बैंकका मात्रै छन् । ‘ख’ वर्गका ३०९, ‘ग’ वर्गका ५१ वटा एटिएम छन् ।

यस्तै ‘क’ वर्गका बैंकबाट डेबिट कार्ड लिनेको सङ्ख्या ७३ लाख ७९ हजार ६१० छ । ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको गरी कूल ७६ लाख ६९ हजार ८२७ डेविट कार्ड जारी भएको छ । ‘क’ वर्गका बैंकबाट क्रेडिट कार्ड लिनेहरु एक लाख ६८ हजार ६८२ रहेका छन् । प्रिपेडकार्ड लिनेको संख्या ५८ हजार ४८ छन् ।

यस्तै ‘क’ वर्गका कूल २७ वटा बैंकका मात्रै चार हजार ५८५ शाखा छन् । यस्तै १९ विकास बैंकका एक हजार ३२ शाखा छन् । त्यस्तै २१ वटा ‘ग’ वर्गका वित्तीय संस्थाको २५३ शाखा छन् । कूल पाँच हजार ८७० शाखा छन् । यस्तै ‘ख’ वर्गका विकास बैंकका ११ लाख ५१ हजार ८०७ जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् । ‘ग’ वर्गका संस्थाबाट ९५ हजार ९३५ जना गरी कूल एक करोड १९ लाख १२ हजार ८१३ जनाले मोबाइल बैंकिङ सुविधा लिएका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर तथा सेवा शुल्कबारे जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ वा एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार मोबाइल बैंकिङ लिने ग्राहकको सङ्ख्या एक करोड छ लाख ६५ हजार ७१ छन् । इन्टरनेट बैंकिङ सेवा लिनेहरु एक करोड २९ लाख ३३३ छन् । यी सबै ‘क’ वर्गका बैंकका ग्राहक हुन् । यस्तै ‘ख’ वर्गका विकास बैंकका २५ हजार ५७४ जनाले इन्टरनेट बैंकिङ सुविाधा लिँदा ‘ग’ वर्गका ६ हजार ४३३ ग्राहकले सो सेवा प्रयोग गरेका छन् । यसरी हेर्दा कूल एक करोड ६१ लाख ३४० जनाले इन्टरनेट बैंकिङ सेवा लिएका छन् ।

केन्द्रीय बैंकको नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोवारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकलाई मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङ सेवाका लागि आफ्नो युजरनेम र पासवर्ड हराएका, बिर्सिएमा आफँै प्राप्त गरी पुनःसेवा लिनसक्ने व्यवस्था गर्न भनिएको कार्यकारी निर्देशक कँडेलले जानकारी दिए ।

रासस

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top