फरार अभियुक्त पक्राउ

१७ जेठ ७५, शुक्रबार

विराटनगर, जेठ १८ ः इलाका प्रहरी कार्यालय रानीले फरार एक जनालाई पक्राउ गरी बिहिबार अदालतमा उपस्थित गराएकाे छ।

“फरार अभियुक्त पक्राउ” अभियान अन्तर्गत जिल्ला अदालत मोरङबाट जारी मुद्दामा एक महिना कैद सजाय भएका विराटनगर १६ बस्ने हिरालाल यादवलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।

यादवलाई विशेष सुराकी परिचालन गरी बुधबार उनकै घर वतनबाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top