विराटनगर, जेठ १८ ः खोटाङको खोटेहाङ गाउँपालिकामा बिहिबार साँझ घरले किचेर एक महिलाको ज्यान गएको छ ।
बिहिबार परेको पानीसंगै चलेको हावाहुरीले खोटेहाङ गाउँपालिका–८ बर्रे बस्ने बिर्ख बहादुर विश्वकर्माको घर भत्किँदा घरभित्र बसेकी उनकी पत्नी कालीमाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी सिम्पानीले जनाएको छ ।