जेठ १८ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बिहीबार आयोजना गरेको विश्व–११ र वेस्टइन्डिजको खेलमा वेस्टइन्डिजले ७२ रनले जितेको छ।
नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो ।
वेस्टइन्डिज विरुद्ध सन्दिपले १ ओभरमात्र बलिङ गर्ने मौका पाए भने ब्याटिङमा नटआउट रहे ।
पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो ।
उक्त खेलमा १ ओभरमात्रै बलिङ गरेका सन्दीपले १२ रन खर्चेका थिए ।
ओपनर एभिन लेविसले २६ बलमा ५८ रन जोड्दै आक्रामक सुरुआत दिलाएका थिए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । अर्का ओपनर क्रिस गेल भने २८ बलमा १८ रन जोडेर शोएब मलिकको बलमा आउट भए । मार्लोन स्यामुएल्स २२ बलमा ४३ तथा दिनेश राम्दीनले २५ बलमा नटआउट ४४ रन जोडेपछि वेस्ट इन्डिज ठुलो योगफलतर्फ उन्मुख भएको थियो । आन्द्रे रसलले पनि १० बलमा ३ छक्काको मदतले २१ रन जोडे । विश्व ११ का रशिद खानले २ विकेट लिँदा मलिक र शहिद अफ्रिदीले १–१ विकेट लिए ।
जवाफमा ब्याटिङमा उत्रिएको विश्व ११ ले खराब सुरुआत गर्योे । सुरुवातमा ८ रनको योगफल तयार पार्दा ४ विकेट गुमाएको विश्व ११ टोलीका लागि मध्यक्रममा थिसरा परेराले आक्रामक ब्याटिङ गरर उकासे पनि त्यो जितका लागि पर्याप्त भएन । तामिम इकबाल ९२०, लुक रोन्ची ९००, स्याम बिलिङ्स ९४० र दिनेश कार्तिक ९०० ले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन जोडेपछि विश्व ११ ले सम्मानजनक योगफल तयार पारेको थियो ।
सन्दीपले १० औं नम्बरमा ब्याटिङ गर्दै ५ बलमा ४ रन जोडेर नटआउट रहे । टिमल मिल्स चोटका कारण ब्याटिङ गर्न नआउँदा सन्दीप अन्तिम खेलाडी भएका थिए । उनले मिचेल मक्लिनाघनसँग नवौं विकेटका लागि १९ रनको साझेदारी गरे । वेस्ट इन्डिजका केज्रिक विलियम्सले ३ विकेट लिँदा स्यामुएल बद्रि र रसलले १–१ विकेट लिए ।
विश्व–११ टोलीले वेष्ट इन्डिजविरुद्ध गत वर्ष आएको आँधिले भत्किएको स्टेडियम पूर्ननिर्माणका लागि च्यारीटी खेल भएकाे हाे।