वेस्ट इन्डिजद्वारा विश्व ११ पराजित,ब्याटिङ-बलिङ दुवैमा सन्दीपलाई मौका

जेठ १८ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बिहीबार आयोजना गरेको विश्व–११ र वेस्टइन्डिजको खेलमा वेस्टइन्डिजले ७२ रनले जितेको छ।

नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो ।

वेस्टइन्डिज विरुद्ध सन्दिपले १ ओभरमात्र बलिङ गर्ने मौका पाए भने ब्याटिङमा नटआउट रहे ।

Advertisement

पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो ।

उक्त खेलमा १ ओभरमात्रै बलिङ गरेका सन्दीपले १२ रन खर्चेका थिए ।

Advertisement

ओपनर एभिन लेविसले २६ बलमा ५८ रन जोड्दै आक्रामक सुरुआत दिलाएका थिए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । अर्का ओपनर क्रिस गेल भने २८ बलमा १८ रन जोडेर शोएब मलिकको बलमा आउट भए । मार्लोन स्यामुएल्स २२ बलमा ४३ तथा दिनेश राम्दीनले २५ बलमा नटआउट ४४ रन जोडेपछि वेस्ट इन्डिज ठुलो योगफलतर्फ उन्मुख भएको थियो । आन्द्रे रसलले पनि १० बलमा ३ छक्काको मदतले २१ रन जोडे । विश्व ११ का रशिद खानले २ विकेट लिँदा मलिक र शहिद अफ्रिदीले १–१ विकेट लिए ।

जवाफमा ब्याटिङमा उत्रिएको विश्व ११ ले खराब सुरुआत गर्योे । सुरुवातमा ८ रनको योगफल तयार पार्दा ४ विकेट गुमाएको विश्व ११ टोलीका लागि मध्यक्रममा थिसरा परेराले आक्रामक ब्याटिङ गरर उकासे पनि त्यो जितका लागि पर्याप्त भएन । तामिम इकबाल ९२०, लुक रोन्ची ९००, स्याम बिलिङ्स ९४० र दिनेश कार्तिक ९०० ले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन जोडेपछि विश्व ११ ले सम्मानजनक योगफल तयार पारेको थियो ।

सन्दीपले १० औं नम्बरमा ब्याटिङ गर्दै ५ बलमा ४ रन जोडेर नटआउट रहे । टिमल मिल्स चोटका कारण ब्याटिङ गर्न नआउँदा सन्दीप अन्तिम खेलाडी भएका थिए । उनले मिचेल मक्लिनाघनसँग नवौं विकेटका लागि १९ रनको साझेदारी गरे । वेस्ट इन्डिजका केज्रिक विलियम्सले ३ विकेट लिँदा स्यामुएल बद्रि र रसलले १–१ विकेट लिए ।

विश्व–११ टोलीले वेष्ट इन्डिजविरुद्ध गत वर्ष आएको आँधिले भत्किएको स्टेडियम पूर्ननिर्माणका लागि च्यारीटी खेल भएकाे हाे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top