Nepal Times
Nepal Times
3
Shares

उदयपुरमा चट्याङले तीन जनाको मृत्यु, एक घाइते

उदयपुरमा चट्याङले तीन जनाको मृत्यु, एक घाइते

विराटनगर, जेठ १८ः उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा चट्याङ लागेर बिहिबार एक बलिकासहित तीन जनाको मृत्यु भएको छ । अर्का एक बालक गम्भीर घाइते भएका छन् ।

चट्याङले लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछा बस्ने ६३ बर्षीय धन प्रताप राई, सोही ठाउँ बस्ने कृष्ण बहादुर भुजेलको ८ बर्षीया छोरी विष्णु माया भुजेल र सोही ठाउँ बस्ने खड्डु भुजेलको ११ बर्षीय छोरा कौशल भुजेलको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बराहाले जनाएको छ।

त्यस्तै गम्भीर घाइते हुनेमा खड्डु भुजेलकै ६ बर्षीय छोरा रिजकु भुजेल रहेका छन् । उनको गाईघाटमा उपचार भईरहेको छ।

बिहिबार साँझ करिब ५ बजेतिर उनीहरु सबै जना कृष्ण बहादुर भुजेलको घरको दलानमा बसीरहेको अवस्थामा चट्याङ खसेको थियो ।

धन प्रताप र विष्णुमायाको घटनास्थलमै तथा कौशल भुजेलको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी पोष्टले जनाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.