१९ कार्तिक , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्य घटेको छ भने युरो र पाउन्ड स्ट्रलिङसहित केही विदेशी मुद्राको मूल्य बढ्यो ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा कायम ।

त्यस्तै, आज युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा रहेको छ भने आज पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा निर्धारण।
यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा रहेको छ भने आज कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८७ पैसा कायम ।
बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकको भनाइ ।
गत जेठ ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।
त्यसबेला एक डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो ।



