×

NEPAL TIMES UPDATES

Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026
Playing
Oli का कारण Balen मेयरबाट प्रधानमन्त्री बन्दै|| Nepal Times
Mar 16, 2026
Playing
पिएलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री आलोचित, सुशीलाको आदर्शमा प्रश्न|| Nepal Times
Mar 16, 2026

थन्किएका सवारीसाधन परीक्षण गर्ने उपकरण प्रयोगमा ल्याइँदै

२७ पुष २०७७

२७ पुस, काठमाडौं ।

नेपालमा अहिलेसम्म सवारीसाधनको जाँच मानिसले (म्यानुअल) गर्दै आएकामा अब उपकरणका माध्यमबाट गरिने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले झण्डै एक दशक पहिले जडान गरेको उपकरण प्रयोगमा ल्याएर परीक्षण गर्न लागेको हो ।

Advertisement

सरकारले सो उपकरण झण्डै रु तीन करोडमा खरिद गरेको थियो । उपकरण प्रयोगमा आउन नसक्दा थन्किएको थियो भने सवारीसाधनको हेरेर मात्रै परीक्षण हुँदै आएको केन्द्रका प्रमुख मणिराम भुसालले बताए । उनकाअनुसार उपकरण प्रयोगमा ल्याउनका लागि केही समय पहिले निर्माण कम्पनीसँग छलफल गरिएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि केही महिना पहिले बोलाइएको सेन्टरका प्रमुख भुसालले बताए । उनका अनुसार चिनियाँ निर्माण कम्पनीका मुख्य इञ्जिनीयरलगायतको टोलीले उपकरणको अवस्था हेरेर मर्मत गर्न सकिने सल्लाह दिएको थियो । “टोङ्ली इक्युपमेन्ट प्रालिका प्राविधिकले सेन्सरलगायतका कतिपय मेकानिकल सामान फेर्नुपर्छ भनेको थियो”, उनले भने, “काम लाग्ने सामान राखेर काम नगर्ने साना भाग फेरेर सञ्चालनमा ल्याइनेछ ।”

निर्माण कम्पनीकै सल्लाहअनुसार मर्मतका लागि ठेक्का सम्झौता गरिएको उनले बताए । “सेन्टरले आगामी दुई तीन महिनामा चलाउने योजनाका साथ काम अघि बढाएको छ, सो मर्मतका लागि रु ४८ लाखमा ठेक्का सम्झौता भएको छ”, उनले भने । स्थानीय निर्माण कम्पनीले निर्माण कम्पनीसँगको समन्वयमा काम गर्ने उनले जानकारी दिए । भुसालले भने, “निर्माण कम्पनीले साना–साना काम गर्दैन, त्यसैले नेपाली कम्पनीले सामान्य मर्मत गर्छ भने मुख्य काम निर्माण कम्पनीले गर्नेछ ।”

उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आव २०६६/६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारीसाधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सेन्टरमा ठूला र साना सवारी साधनका लागि छुट्टाछुट्टै लेन रहेका छन् । कुनै पनि सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा नै देखिने उनले बताए । उनले भने, “मर्मतपछि दुवै लेन सञ्चालनमा आउने छन् ।”

प्रमुख भुसालका अनुसार उपकरण जडान भएर लामो समयसम्म थन्किएकाले विभिन्न पार्ट र कम्प्युटरमा समस्या आएको छ । उपकरण निर्माण गर्ने कम्पनीलाई खरीद गर्ने ठेकेदार कम्पनीले पूरै रकम नदिएकाले हस्तान्तरण नै भएको नभएको बताइएको छ । त्यतिबेला फिनिसिङको काम र सफ्टवेयरको काम नगरी निर्माण कम्पनीले छाडेको सेन्टरले जनाएको छ ।

मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुने भएकाले वैज्ञानिक रूपमा परीक्षण गर्न उपकरण प्रयोगमा ल्याउन खोजिएको सेन्टरका प्रमुख भुसालले बताए । सवारीसाधनको छ÷छ महिनामा जाँचपास हुने गरे पनि अहिलेसम्म परीक्षण झारो टार्ने किसिमको मात्रै रहेको छ । आँखाले हेरेर जाँच गरिँदा सवारीसाधनको वास्तविक अवस्था जानकारी नहुने प्रमुख भुषालको भनाइ छ ।

सो उपकरण सञ्चालनमा आएपछि साना र ठूला दुवै खालका सवारीसाधन आ–आफ्नो लेनमा एउटाबाट छिरेर अर्को दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुनकुन भागको अवस्था कस्तो छ भनी जानकारी पाइनेछ । सवारीसाधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनःमर्मत गरेर ल्याएर अवस्था ठिक भएपछि मात्रै प्रमाणपत्र पाउने सेन्टरले जनाएको छ ।

सो उपकरण प्रयोगमा आएपछि ब्रेक रोलर, सस्पेन्सन, साइट क्लिक, हर्न, लाइटलगायतका कुरा परीक्षण हुनेछ । अगाडि र पछाडिको पाङ्ग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पाङ्ग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायतको समेत यसमा परीक्षण हुनेछ । हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पुर्याएर र गह्रौँ सवारीसाधन भइरहेकै स्थानमा तल्लोतलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गर्छन् ।

संविधानले यातायात व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेश र सङ्घीय सरकार गरी तीनै तहलाई दिएको छ । पालिकाभित्र चल्ने सवारीसाधन व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिका, अन्तरपालिका चल्ने सवारीसाधनको प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारीसाधन व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो । सेन्टरलाई अन्तरप्रदेश चल्ने गाडीको जाँचपास, स्तर कायम, प्रदूषण जाँच र रुट अनुमतिसमेतको जिम्मेवारी दिइएको छ ।–सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top