×

NEPAL TIMES UPDATES

Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026
Playing
Oli का कारण Balen मेयरबाट प्रधानमन्त्री बन्दै|| Nepal Times
Mar 16, 2026
Playing
पिएलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री आलोचित, सुशीलाको आदर्शमा प्रश्न|| Nepal Times
Mar 16, 2026

काठमाडौं महानगरको आठौं अधिवेशन सुरु

२७ पुष २०७७

२७ पुस, काठमाडाैँ ।

काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन आज (सोमबार)बाट शुरु भएको छ । अधिवेशनमा तीन ओटा विधेयक पेस भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०७७’ पेश भएका हुन् ।

Advertisement

विभागीय प्रमुखहरु हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले विधेयकहरु प्रस्तुत गर्नुभएको छ । यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले बताएको छ । पुस २४ गते बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले आठौं अधिवेसनमा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शुरु भएको बैठकमा चालु आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ । यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निःशुल्क वितरणका लागि औषधि खरिद, सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, स्वास्थ्य उपकरण खरिद, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन् । त्यस्तै सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रम लगायत छन् । त्यस्तै सार्वजनिक भवनको कम्पाउण्ड सुधार (नो कम्पाउण्ड), दमकल खरिद, नयाँ सडक क्षेत्रमा फुटपाथ निर्माण तथा स्तरोन्नतिलगायत कार्यक्रम छन् ।

सातौ नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये केही कार्यक्रमको शीर्षक मिलाउनु पर्ने, केहीको स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नु पर्ने भएकोले बजेट संशोधन प्रस्ताव पनि गरिएको महानगरपालिकाले जनाएको छ । आजको सभामा उपाध्यक्ष एवं उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित नगर सभा सदस्यहरु सहभागी थिए ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top