×

NEPAL TIMES UPDATES

Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026

विद्युत कटाैतीबारे प्रम कार्यालयकाे चासाे, व्यवस्थित बनाउन निर्देशन

२७ पुस, काठमाडौँ ।

उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो ।

Advertisement
Advertisement

प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ ।

प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्षसमेत निकालिएको छ ।

छलफलमा प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी रहेका थिए । यस्तै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौँ उपत्यकाका १० वितरण केन्द्रका प्रमुख उपस्थित छलफलमा समस्या समाधानमा हरसम्भव उपाय अपनाउन र उपभोक्तालाई सहज रुपमा सेवा दिनका लागि अहोरात्र परिचालित हुन तथा गुनासोरहित काम गर्ने विषयमा प्रतिबद्धता व्यक्त भएको छ ।

मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणको बुझाइ छ । वितरण प्रणाली स्वस्थ र गुणस्तरीय नहुँदा देखिने समस्या विगतमा पनि थियो, आज पनि रहन्छ र भोलि पनि हुन्छ भन्दै त्यसलाई न्यून गर्दै जाने प्राधिकरणको योजना छ ।

प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाएको छ । ती काम पूर्ण रुपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने विश्वास लिइएको छ ।

यस्तो छ सर्ट डाउनको तथ्याङ्क

प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौंँ उपत्यकामा गत मङ्सिरमा ३७ पटक छिनछिनमा बत्ती जाने (ट्रिपिङ) भएको छ । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेशनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।

सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मङ्सिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषित रुपमा कटौती नगरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा खम्बा तथा ट्रान्सफर्मर सार्नु पर्ने लगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भए पनि त्यसलाई कम गरिएको जानकारी दिए ।

हालसम्मको तथ्याङ्क हेर्दा गत वर्ष पुसभन्दा यस वर्ष ट्रिपिङ कम भएको छ । विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिने कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उनले भने– “प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।” प्राधिकरणले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको जनाएको छ ।

माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न प्राधिकरणले अहोरात्र काम गरिएको स्पष्ट पारेको छ । विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने एवं ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको जनाइएको छ ।

प्राधिकरणले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने कामलाई पनि गति दिने भएको छ । विशेष गरी विष्णुमती तथा वाग्मती नदी करिडोरमा मोनो पोल प्रयोग गरेर प्रसारण लाइन निर्माण गरिनेछ । उपत्यकामा जग्गाप्राप्तिमा सबैभन्दा बढी समस्या भएकाले त्यसको सम्बोधनका लागि वैकल्पिक उपायको खोजी गरिनेछ ।

‘नियतवश बदमासी गरेको भए कारवाही गर्नुस्’

प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले नियतवश बदमासी गरेको भए प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न निर्देशन दिए । प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा वितरण केन्द्रका प्रमुखसमेत नयाँ भएकाले पनि सङ्क्रमणकाल जस्तो देखिन गएको जनाउँदै उहाँले केही कर्मचारीले बदमासी गरेको सूचनासमेत आएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।

उनले नागरिकका तहबाट गुनासो नआउने गरी काम गर्न प्राधिकरणका कामु कार्यकारी निर्देशक एवम् वितरण केन्द्रका प्रमुखलाई अनुरोध गरे । प्रधानमन्त्रीका तहबाट गर्नुपर्ने सबै काम र सहयोग हुने आश्वासन दिँदै उनले भने, “ नागरिकले सहज रुपमा सेवा पाउनुप¥यो, त्यसका लागि केकस्ता उपाय अपनाउने भन्नेबारेमा व्यक्तिगत रुपमा वा संस्थागत रुपमा पनि भन्न सक्नुहुन्छ ।”

प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले उपभोक्तालाई गुनासोरहित सेवा प्रदान गर्नका लागि अपनाउनुपर्ने सबै उपायको खोजी गर्न प्राधिकरणलाई निर्देशन दिए । उनले प्राविधिक समस्या भए त्यसको निराकरणका लागि तत्काल लागिपर्न र नीतिगत तथा कानूनी प्रश्न भए त्यसको निरुपणमा आफूहरुले सहजीकरण गर्ने बताए ।

उनले उपभोक्ताले कुनै पनि गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न र उनीहरुलाई सही सूचना पुर्याउने संयन्त्रको विकास गर्न निर्देशन दिए । उनले भने, “मातहतका कर्मचारीमा ‘अर्जेन्सी फिल’ भएको छैन भने त्यसलाई सम्बोधन गरेर अगाडि बढ्नुस् । कर्मचारीलाई इन्सेन्टिभ दिनुस् । गुनासो सम्बोधन गर्न मेहनत गर्नुपर्ने पनि हुन सक्छ । त्यसमा ध्यान दिनु आवश्यक छ ।”

उनले उपभोक्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्ने उपयुक्त संयन्त्रको खोजी गर्नसमेत प्राधिकरणलाई निर्देशन दिए । उनले थप जोड दिएर भने, “गुनासोलाई सामाजिक सञ्जालमार्फत वा वेब पेजलाई थप प्रभावकारी बनाएर सम्बोधन गर्नुपर्ने भए पनि त्यसमा ध्यान दिनु जरुरी छ ।”

सामाजिक सञ्जालमा आउने महत्वपूर्ण विषयलाई महत्वका साथ संयन्त्र बनाएर सम्बोधन गर्न उनले आग्रह गरे । बजेट, नीति तथा कार्यक्रमले सम्बोधन गर्ने विषय भए आफूहरुले नै गर्ने जनाउँदै सचिव ज्ञवालीले गुनासो आएकै बेलामा सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

ऊर्जा सचिव घिमिरेले उपभोक्ताको गुनासोलाई मार्गदर्शन मान्दै समस्या समाधानमा निरन्तर परिचालित हुन प्राधिकरणलाई निर्देशन दिए । उपभोक्ताबाट आउने गुनासो सम्बोधन गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो ।

Advertisement

रमेश लम्साल/रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top