कोटेश्वर-जडिबुटी सडक विस्तार सुरु, जाम हट्ने

२७ पुस ७७, मंगलबार

२७ पुस, काठमाडौं ।

काठमाडौंको कोटेश्वर-जडिबुटी सडकखण्डमा दायाँ बायाँ विस्तार गर्न सुरु गरिएको छ । तत्कालका लागि सवारी साधनको जाम हटाउन जडिबुटी चोकमा दायाँ बायाँ दुवै भागमा सडक विस्तार गर्न लागिएको हो ।

त्रिभुवन विमानस्थलको केही जग्गा प्रयोग गरी सडक विस्तार गर्न लागिएको हो । यसका लागि उडान र सडक सुरक्षामा अवरोध नहुनेगरी निर्माणको काम अघि बढाइएको छ । उपत्यकाको बढ्दो ट्राफिक चाप कोटेश्वर क्षेत्रमा बढी रहेकाले सरकारले ट्राफिक चापलाई सहजीकरण गर्न दीर्घकालीन र अल्पकालीन योजना अगाडि सारेको हो ।

Advertisement

विस्तार गर्न लागिएको सडकमा पर्ने ६ आना १ पैसामा बनेको घर अधिग्रहण गर्न सरकारले स्वीकृति दिइसकेको छ । सडक विस्तारसँगै यो सडक खण्डबाट बाहिरिने सवारी साधनलाई यात्रामा सहजीकरण हुने छ । सडकको उत्तरी भागमा साढे ३ मिटर फुटपाथसहितको १ लेन सडक र दक्षिणमा २ लेन सहितको सडक विस्तार गर्ने योजनासहित काम भइरहेको छ ।

सरकारले आगामी आर्थिक वर्षभित्रै डेडिकेटेड सडक विस्तार गर्ने गरी काम सुरु गरेको सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनु भएको छ ।

Advertisement

यो सडक विस्तारसँगै तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधनले जाममा बस्नु पर्ने छैन भने सडक विस्तारसँगै सवारी आगमन सहज हुने छ ।

दीर्घकालीन योजनामा भने सरकारले तीनकुनेबाट विमानस्थलको धावनमार्गको तलबाट सुरुङ मार्ग निर्माण गर्न वा तीनकुनेबाट कोटेश्वर सडक भन्दा अगाडिसम्म फ्लाइ ओभर बनाउनका लागि आवश्यक अध्ययन भइसकेको सडक विभागले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top