दक्षिणी वायुले न्यानो महसुस

२७ पुस ७७, मंगलबार

काठमाडौँ :  नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको छ ।

Advertisement

“त्यसको असर तल्लो र माथिल्लो वायुमण्डलमा अधिक परेकै कारण यस वर्षको हिउँदमा न्यानो महसुस गरिएको हो,” उहाँले भन्नुभयो । उहाँले भन्नुभए जस्तै अघिल्ला वर्षका पुस महिनामा चिसो सिरेटोले हान्थ्यो तर अहिले माघ लाग्ने बेला हुँदासमेत रातको समयमा बाहेक अधिकांश क्षेत्रमा न्यानो महसुस गरिएको छ । काठमाडौँँ लगायतका जिल्लामा घाम लागेर दिउँसो गर्मी हुन थालेको छ । हिमपात र वर्षा निकै कम भइरहेको छ ।

विगत साढे तीन महिनादेखि नेपालमा राम्ररी पानी परेको छैन । मौसमी चक्रअनुसार कहिले पश्चिमी र कहिले दक्षिणी वायुको प्रभाव बढी पर्ने गरेकाले कहिले हिउँदमा निकै चिसो र कहिले न्यानो हुने गर्छ । यसो हुनुमा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बढ्नु एउटा कारक तìव रहेको डा. श्रेष्ठ सुनाउनुहुन्छ । उहाँका अनुसार हरेक १० वर्षमा नेपालको तापक्रम ०.५ डिग्री सेन्टिग्रेड बढ्दै गएको छ । चिसा र लामा रातको चक्र घट्दै गएको छ ।

Advertisement

नेपालमा हिउँदताका रसिया र युरोप हुँदै पश्चिमी वायु आउने गर्छ । त्यसमा हुने जलवाष्पयुक्त आद्र्रताका कारण हिउँदमा वर्षा र हिमपातको मात्रा धेरथोर फरक पर्ने उहाँले बताउनुभयो तर यसपालि पश्चिमी वायु नेपाल आउने प्रक्रियामा केही अवरोध देखा परेको छ, जसका कारण युरोपका विभिन्न मुलुकमा चर्को हिमपात भइरहँदा नेपालमा हिउँद न्यानो भइरहेको छ ।

भारतको काश्मिर र पाकिस्तानको उत्तरी भेगमा पश्चिमी वायुले जति बढी प्रभाव पारिरहेको छ, त्यसको तुलनामा नेपालमा निकै न्यून प्रभाव पारेको छ । अर्को कारण यतिबेला भारतको मध्य प्रदेशमा उच्च चापीय क्षेत्रको विकास भएको उहाँले बताउनुभयो । त्यसले पनि दक्षिणी वायुको प्रभाव वृद्धि गरेर नेपालमा न्यानो बनाइरहेको छ ।

Advertisement

पश्चिमी वायुको प्रभाव नेपालको पूर्वीभन्दा पश्चिमी भूभागमै बढी पर्ने हो तर यसपटक केही दिनअघि हल्का वर्षा र हिमपातभन्दा अन्य असर त्यस क्षेत्रमा पर्न सकेन । मनसुनको समयमा भने पूर्र्वीय वायुको प्रभाव पश्चिममा भन्दा पूर्वी भेगमै बढी हुने गर्छ ।

हिउँदको मध्य समयदेखि नै यसपटक तातो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागका जलवायु विश्लेषक डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top