५० राज्यमै हिंसात्मक प्रदर्शन गर्ने ट्रम्प समर्थकको तयारीः एफबिआई

२८ पुस, एजेन्सी ।
अमेरिकामा आउँदा दिनहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रर्दशनको तयारी गरेको चेतावनी संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको सूचना प्राप्त भएको एफबिआईले उल्लेख गरेको छ ।

जनवरी २० मा हुने शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि सबै ५० राज्यका राजधानी तथा वासिङ्गटन डिसीमा भेला हुने तयारीमा हतियारधारी समूह रहेको जानकारी प्राप्त भएको एफबिआईलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

Advertisement

शपथग्रह समारोहलाई सुरक्षित पार्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको भए पनि चिन्ता थपिएको छ । सोमबार राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले क्यापिटल हिल (संसद भवन) बाहिर राष्ट्रपतिको शपथ लिन आफू नडराएको बताएका छन् ।

अहिलेसम्म राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले क्यापिटल हिल बाहिर हुने विशेष कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

Advertisement

गएको बुधबार राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । सो हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ ।

हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि तल्लो सदनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । उनकै पार्टीका नेताहरुले पनि सो आक्रमणमा ट्रम्पकै दोष रहेको र अमेरिकी प्रजातन्त्रमाथि गम्भीर आक्रमण भएको बताएका छन् ।

हतियारधारी समूहले जनवरी १६ देखि २० सम्म सबै २० राज्य तथा जनवरी १७ देखि २० सम्म राजधानी वासिङ्गटन डिसीमा प्रदर्शन गर्ने तयारी गरेको एफबिआईको पछिल्लो बुलेटिनमा उल्लेख छ ।

यस्तै ट्रम्पलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थाबाट हटाएमा आन्दोलनको तयारी पनि भइरहेको सूचना पाएको एफबिआईले उल्लेख गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top