२६ कार्तिक , काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी प्रकरणका आरोपितहरू छुट्दै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारमाथि उठाए प्रश्न ।
भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पु¥याउन नसकेको भन्दै सरकारको आलोचना ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण गर्नेहरू नै सत्तामा पुगे पनि भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि नबढेको टिप्पणी ।
हिजोको सरकारले कारबाही गरेर जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत छुटिसकेको उल्लेख गर्दै थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुगेको छ भन्दै गरे प्रश्न ।
आजमात्रै भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा पक्राउ परेका एमाले नेता रायमाझी आज रिहा ।



