३ वर्षपछि रियादमा उत्रियो कतारको ध्वजाबाहक विमान

२७ पुस ७७, मंगलबार

२८ पुस, एजेन्सी ।
कतार एयरवेजले सन् २०१७ पछि सोमवार साउदी अरबको रियादका लागि पहिलो उडान गरेको छ।

Advertisement

कतारको ध्वजाबाहक विमान क्युआर ११६४ ले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट किङ खालिद इन्टरनेसनलमा उडान गरेको हो। कतार एयरवेजको एयरवस ए ३५० ले उडान गरेको हो।

कतार एयरवेजले मंगलवार जे्दाहमा उडान गर्ने छ भने शनिवार दमाममा उडान गर्ने छ। साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी यसै साताबाट खुला भएको छ। सन् २०१७ मा सुरु भएको नाकाबन्दीसँगै हवाइ सेवा निषेध गरिएको थियो। विश्वकै ठूलो विमान सेवामध्येको एक मानिने कतार एयरवेज निषेध थियो।

Advertisement

त्यसैगरी सन् २०१७ पछि पहिलो पटक साउदी एयरलाइन्स कतार ल्यान्ड गरेको छ। सोमवार नै हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी एयरलाइन्स उत्रेको हो। साउदी एयर दोहा उत्रिएको कतार एयरवेजले ट्विट गर्दै जानकारी गराएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top