काठमाडौँ, जेठ १८
राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छिन् ।
नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।
यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए ।
रासस