Nepal Times
Nepal Times
3
Shares

कलाकारको नारा- जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्

कलाकारको नारा- जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्

२८ पुस, काठमाडाैँ ।

प्रतिनिधि सभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ । मंगलबार प्रज्ञा–प्रतिष्ठानको डबलीमा कलाकारहरुले प्रतिनिधि सभा विघटनको विरोधमा फरक प्रकारले प्रदर्शनी गरेका छन् ।

नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा विघटनको विरुद्दमा कविता नाटक, चित्र प्रदर्शनी लगायत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्, उखान टुक्का गल्फत्ती, देश होइन तिम्रो सम्पति, संसद विघटन रातारात देश डुबाउन तिम्रो हात, प्रतिनिधि सभा पुर्नगठन सर्वोच्चले गर सम्बोधन लगायतका नारा लेखिएका प्लेकार्ड सहित कलाकारहरुले प्रस्तुति राखेका थिए ।

प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको निरन्तर श्रृङ्खला अन्र्तगत यस कार्यक्रम गरिएको आयोजकले जनाएको छ । विरोध प्रदर्शनीमा सडक नाटकले देशको अहिलेको अवस्था देखाउन खोजिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.