अभिव्यक्ति स्वतन्त्रमाथि आज जति हमला कहिल्लै भएनः ट्रम्प

२९ पुस, एजेन्सी ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अभिव्यक्तिको स्वतन्त्रतामा अहिले जति हमला कहिल्लै नभएको बताएका छन् ।  टेक्ससमा अमेरिका र मेक्सिकोबीच बनेको पर्खाल हेर्न गएका ट्रम्पले आज अभिव्यक्ति स्वतन्त्रतामाथि जति हमला भइरहेको छ, त्यति हमला पहिले कहिल्यै नभएको बताएका हुन्।

उनले २५ औं संशोधनले मलाई कुनै खतरा छैन तर यसले बाइडेन र बाइडेनको प्रशासनलाई नै हानी हुने बताएका छन् । ट्रम्पले थपे, ‘महाभियोगको भ्रम इतिहासको सबैभन्दा ठूलो विच हन्टको हिस्सा हो । अब हाम्रो जनताको घाउमा मलहम लगाउनु हो । शान्ति र स्थिरताको समय हो ।’

Advertisement

ट्रम्पले गएको हप्ता अमेरिकी सदनमा भएको हिंसा अघि आफूले गरेको सम्बोधन उपयुक्त भएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top