×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

राज्य नागरिकको ज्यान बचाउन केन्द्रित रहँदा अन्य क्षेत्र ओझेलमा परेः मन्त्री ढकाल

२ माघ २०७७

२ माघ, पोखरा ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन्।

पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गर्ने बताएका हुन् ।

Advertisement
Advertisement

मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताए ।

“धेरै क्षेत्रमा समस्या छ, तर राज्यले नागरिकको ज्यान जोगाउने कुरालाई प्राथमिकतामा राख्दा अन्यत्र केही नगरेजस्तो भएको छ, अब सरकारले अन्यत्र पनि चासो दिएर काम गर्नेछ”, उनले भने, “रत्नमन्दिर खुला हुन भइरहेको ढिलासुस्तीका विषयमा पनि धेरै कुरा उठेका छन्, रत्न मन्दिर खुला हुन कहाँनेर गाँठो परेको हो त्यो फुकाउने कोसिस गर्नेछु ।”

उनले पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्न सरोकारवाला र विज्ञको राय सुझावसहित आएका एकमत आवाजको नेतृत्व गरेर योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“म निर्वाचनको मिति तोकेपछिको मन्त्री हुँ, ठूला–ठूला आश्वासन म दिन्न, यस क्षेत्रका जायज कुरालाई पक्कै सम्बोधन गर्नेछु ।” उनले सरकारले सुशासन प्रत्याभूत हुने गरी काम गरेको र दोषीहरु जेल परेको भन्दै अनियमितता गर्ने कोही पनि उम्कन नसक्ने बताए ।

छलफल कार्यक्रममा मन्त्री ढकालले निर्धारित समयभित्रै चुनाव हुने र चुनावको विकल्प नभएको पनि उल्लेख गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले वर्तमान अवस्थामा शतप्रतिशत घाटा व्यहोरिरहेको पर्यटन क्षेत्र राज्यले घोषणा गरेको मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको बताए ।

“पर्यटन क्षेत्र निकै प्रभावित छ, राज्यले छुट्याएको रु ५० अर्बको व्यवसाय सञ्चालन कोष पनि व्यवसायीले पाउन सकेका छैनन्, पर्यटन क्षेत्रबाट व्यवसायी विस्थापित हुँदैछन्, अर्बौँको लगानी जोखिममा छ, तर सरकारले तदारुकता देखाएन”, उनले भने ।

उनले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिँदा र राज्यको उदासीनताले यस क्षेत्रको लगानी जोखिममा रहेको बताए । भट्टराईले राज्यले पर्यटनमैत्री नीति अवलम्बन गरेर बाह्य पर्यटकलाई सहज र सरलरूपमा घुम्ने वातावरण बनाउन पनि आग्रह गरे ।

अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले सरकारले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्न नसक्दा यस क्षेत्रको भविष्य झनै अन्योलमा भएको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०ले विदेशी पर्यटकसँग लिने प्रवेश शुल्कलाई ‘मल्टिपल’ बनाएर सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे । एक ठाउँमा शुल्क तिरेपछि अर्को ठाउँमा पर्यटक जाँदा समस्या झेल्नुपरेको बताउँदै ‘मल्टिपल इन्ट्री’ का लागि खुला गर्नुपर्ने उनको भनाइ थियो ।

छलफल कार्यक्रममा होटल एशोसिएशनका केन्द्रीय अध्यक्ष भरत पराजुलीले सबै कुरा खुला भइरहँदा नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय नाकाको कडाइलाई सहज बनाएर पर्यटकलाई नेपाल आउने वातावरण गराउन पहल गराउनुपर्ने बताए ।

Advertisement

छलफल कार्यक्रममा नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारी, नेशनल टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) का अध्यक्ष सञ्जयकान्त सिग्देल, इम्ब्रोइडरी एण्ड गार्मेण्ट एशोसिएशन (एगा) का अध्यक्ष विश्वराज पोखरेल, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्मिाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का उपाध्यक्ष उमा भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्कीलगायतका व्यवसायीले पर्यटन क्षेत्रमा विद्यमान समस्यालाई न्यूनीकरण गर्दै पर्यटनमैत्री वातावरण निर्माणका लागि यथाशक्य पहल गर्न र पर्यटनमा देखिएका अवरोध हटाएर आर्थिक समृद्धिको आधार खडा गर्न मन्त्री ढकालसमक्ष आग्रह गरेका थिए ।(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top