किसानको माग पूरा नभए भोक हड्ताल गर्ने अन्ना हजारेको चेतावनी

१ माघ ७७, शुक्रबार

२ माघ, एजेन्सी ।
भारतका सामाजिक कार्यकर्ता तथा भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले फेरि भोक हड्ताल गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेख्दै उनले किसानहरुका मागहरु पूरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएका हुन्। मोदीलाई पठाइएको पत्रमा हजारेले अहिलेसम्म पाँच पटक प्रधानमन्त्रीलाई चिठ्ठी लेखेको तर एक पटक पनि त्यसको जवाफ प्राप्त नभएको उल्लेख गरेका छन्।

‘सरकारले न त चिठ्ठीको जवाफ दियो न त किसानहरुका माग पूरा गर्न चासो देखायो’, हजारले भनेका छन्, ‘त्यसैले फेरि भोक हड्ताल गर्ने निर्णयमा पुगेको छु।’ सरकारको उदासिनताकाविरुद्ध आफूले जनवरीको अन्त्यतिर दिल्लीको रामलीला मैदानमा भोक हड्ताल गर्ने उनले बताएका छन्।

Advertisement

उनले यो आफ्नो अन्तिम भोक हड्ताल होस् भन्ने कामनासमेत गरेका छन्। यसअघि उनले सन् २०१८ र २०११ मा दिल्लीमा लोकपाल विधेयक माग गर्दै भोक हड्ताल गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top