विपत्तिहरुको सामना गर्न सरकार पूर्व तयारीमा छः गृहमन्त्री

२ माघ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताएका छन् ।

Advertisement

शुक्रबार २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउनसक्ने भएकाले ति विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यक रहेको बताएका हुन् ।

Advertisement

उनले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताए । २०७२ सालको भूकम्पको घाउ निको भइनसकेको भन्दै उनले पुननिर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुननिर्माणको कामपनि अगाडी बढाउनुपर्ने उनको भनाई छ ।

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरु निर्माण गर्न चाहेको बताए । गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिदैँ उनले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पूरानै स्वरुपमा काठमाडौँ महानगरपालिकाले बनाउने बताए ।

Advertisement

विपतको सामना गर्न काठमाडौँको नाकाहरुमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाएको पनि मेयर शाक्यले बताए । अहिले काठमाडौँ महानगरपालिकाले भूकम्पपिडित घरधनीलाई नक्सा पासको दस्तुर मिनाह गरेको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका काम शुरु गरेको बताए । जोखिमको जानकारी दिनको निम्ति पोर्टल निर्माण गरेको , भुकम्पको पूर्वतयारीको लागि स्वयंसेवक ब्युरो बनाउने लगायतका काम प्राधिकरणले गर्न लागेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प स्मृतिमा सभा गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top