ब्याडमिन्टनको नयाँ वरीयतामा तेस्रो स्थानमा उक्लिए प्रिन्स

२ माघ ७७, शुक्रबार

२ माघ, विराटनगर ।
नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर तर्फको बरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्।

Advertisement

ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको नयाँ वरीयतामा दाहाल शीर्ष तीन स्थानमा अटाएका हुन्। यसअघि दाहाल वरीयताको ११ औं स्थानमा थिए। उनले ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेको हुन्।

नेपाली ब्याडमिन्टन खेलाडीले विश्ववरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो उपलब्धि हो। उनी १०४००–११ अंकसहित तेस्रो स्थानमा छन्।

Advertisement

शीर्ष स्थानमा रहेका माड्स जुएल मोलर १३५५०–१३ अंक सहित शीर्षस्थानमा छन भने दोस्रो स्थानमा भारतका वरुण कपुर १३१५०–१२ अंकले दोस्रो स्थानमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top