आज थपिए २७० संक्रमित, ३९० जना डिस्चार्ज

२ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ छ भने क्वारेन्टाइनमा २३१ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ३९० जना निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९४८ रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top