×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतीय कोरोना खोप ’कोभिसिल्ड’ लाई नेपालले दियो आपतकालीन प्रयोगको अनुमति

२ माघ, काठमाडौं । भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ’कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइएको छ।

औषधी व्यवस्था विभागको शुक्रबार बसेको बैठकले उक्त खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो।

Advertisement
Advertisement

सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दिइएको यो पहिलो खोप हो।

विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ। भारतमा भोलिदेखि यो खोप आममानिसलाई लगाउन थालिनेछ।

खोप प्रयोगको आपतकालीन अनुमति प्रदान गरिएसँगै खोप चाँडो आउने विश्वास लिइएको छ। सरकारले निजी क्षेत्रलाई पनि खोप आयात गर्ने अनुमति दिएको छ।

Advertisement

सरकारले कोभ्याक्सअन्तर्गत पहिलो लटमा आउने भनिएको ३ प्रतिशत खोप आउन ढिला भए आफैं खरिद गरेर भए पनि खोप छिटो ल्याउने जनाएको छ। कोभ्याक्सअन्तर्गतको पहिलो लटको ३ प्रतिशत खोप यसै वर्षको पहिलो चौमासिकमा आउने विश्वास लिइएको छ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top