केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

३ माघ ७७, आइतबार

३ माघ, काठमाडाैँ ।

काठमाडौँ विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ ।

केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक अपिल गरेपछि केयुको उपकुलपति बन्न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण बुझाएका छन् ।

केयु प्राध्यापक सङ्घले विश्वविद्यालयको नेतृत्वमा उत्रेका उनीहरुमध्ये ३७ प्राज्ञिक व्यक्तित्वले प्रतिस्पर्धा गर्नु सकारात्मक सन्देश भनेको छ । “धेरै प्राज्ञिक व्यक्तित्वले केयुको नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको छ हामीले नेतृत्व गर्न चाहने आकाङ्क्षीसँग आजैदेखि छलफल शुरु गर्दैछौँ”, सङ्घका सभापति प्रा डा विवेक बरालले भने । उनका अनुसार उपकुलपति सिफारिस समितिलाई विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डो¥याउने, शैक्षिक क्षेत्रको उन्नयन तथा मार्गनिर्देशित गर्ने उद्देश्य बोकेको सक्षम, निष्ठावान् र उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले छलफल शुरु गरिएको हो ।

सङ्घको छलफल कार्यक्रम तालिका अनुसार उपकुलपति आकाङ्क्षी उम्मेदवारसहित आज साँझ शुरुगरी आइतबार र सोमबारसम्म सङ्घ आबद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको हो । सङ्घले केयुमा लामो समय एउटै व्यक्ति दोहो¥याउँदा उपकुलपति सिफारिस प्रक्रिया अपारदर्शी तथा सिफारिस समितिप्रति शङ्का पैदा हुने भएकाले बृहत् छलफल तथा आम चाहनाअनुसार उपकुलपति चयन गर्न आग्रहसमेत गरेको छ ।

विसं २०४८ मा स्थापित केयुमा प्रा डा सुरेशराज शर्माले २१ वर्ष र डा रामकण्ठ माकजुले आठ वर्ष नेतृत्व गरिसकेका छन् । डा माकजुको दोस्रो कार्यकाल यही हप्ता अर्थात् माघ ७ गते सकिँदैछ ।

विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिकरुपमा दर्खास्त आह्वान गरेपछि ३७ प्राध्यापक÷प्राज्ञिक तथा बाँकी सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका सहित ४४ ले व्यक्तिगत विवरण बुझाएको मन्त्रालय स्रातले जनायो ।

वर्तमान उपकुलपति डा माकजुले पनि पुनःनियुक्तिका लागि व्यक्तिगत विवरण बुझाएको जनाइएको छ । सिफारिस समितिले व्यक्तिगत विवरण रुजु गरिसकेकाले आउँदो सोमबार थप छलफल गर्ने कार्यतालिका बनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top