×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्रीलाई योगेश भट्टराईको जवाफ- ‘केटाकेटीकै रगत र पसिनाले तपाईंले कुर्सी पाएको हो’

४ माघ, काठमाडाैं।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केटो’ भनेर व्यंग्य गरेपछि पूर्वपर्यटन मन्त्री तथा नेकपाको प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काएका छन्। भट्टराईले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ फर्काएका हुन् ।

Advertisement
Advertisement

शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेशको नाम नलिई ‘बैगुनी केटाकेटी’को संज्ञा दिएका थिए ।

‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

यसकाे जवाफ फर्काउँदै उनले पनि प्रधानमन्त्रीको नाम नलिइ ‘तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो’ भनेर लेखेका छन् । उनले लेखेका छन्- ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो। केटो भनिपाउँदा मलाई दु:ख छैन। तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो ।’

२०७४ सालको प्रतिनिधि सभा चुनावमा भट्टराईको चुनावी सभामा सम्बोधनका क्रममा ओलीले भट्टराईलाई जनताले जिताएर पठाए आफूले मन्त्री बनाएर पठाउने बताएका थिए।

Advertisement

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भट्टराईलाई मन्त्री बनाइएको थियो । २०७६ साउन १५ गते पर्यटन मन्त्रीमा नियुक्त भएका भट्टराईले पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सामूहिक राजीनामा दिएका थिए।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top