×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

सडक निमार्णमा लापरवाही गर्ने ठेकेदार विराटनगरबाट पक्राउ

१९ जेष्ठ २०७५

विराटनगर,जेठ १९
सडक निर्माणको काममा लापर्वाही गर्ने एक ठेकेदार आफ्ना सहयोगीसहित विराटनगरमा पक्राउ परेका छन् ।

विराटनगरको जनआन्दोलन चोकछेउमा पक्की नाला बनाउने क्रममा गुणस्तरहीन काम गरेको भेटिएपछि टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित सुपरभाइजर विनय साह र अर्का एक जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको नेतृत्वमा गएको अनुगमन टोलीले सिमेन्ट नै नमिसाई बालुवाले मात्र ईट्टा जोडिरहेको फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

विकासको काममा चरम लापर्वाही भएको देखिएपछि शनिबार नै मेयर पराजुलीले त्यसमा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेका थिए । लगत्तै प्रहरीले पन्तसहित उनका सहयोगीलाई पक्राउ गरेको हो ।

सो क्षेत्रका ठेकेदार कृष्ण बोहोरा भएपनि उनी भने पक्राउ परेका छैनन् । महानगरले टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्धय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कार्वाहीको सिफारिस गरेको छ ।

Advertisement
Advertisement

पत्रको बोधार्थ व्यापारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी, सुनसरीलाई समेत दिईएको छ । व्यापरिक मार्ग विस्तार आयोजना अन्तर्गत महेन्द्र चोकदेखि बरगाछीको भागमा गुणस्तरहीन काम भएको र काममा ढिलाई भएका कारण कार्वाहीको सिफारिस गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top