विश्व वातावरण दिवस महाअभियानका रुपमा मनाइने

१८ जेठ ७५, शनिबार

काठमाडौँ, जेठ १९
सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ ।

विशेषगरी काठमाडौँमा उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन लागेको हो ।

यसका लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेटमा समेत सम्बोधन गरेको छ । विश्व वातावरण दिवस जेठ २२ गते(जुन ५ तारिख) पर्दछ ।

Advertisement

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘पोलिसी रिसर्च एण्ड एड्भोकेसी हव’ नामक संस्थाद्वारा वातावरण संरक्षणसम्बन्धी आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण दिवस वर्षमा एकदिनमात्र मनाएर पुग्दैन, वातावरण संरक्षणलाई नीति निर्माणमा राखी वर्षदिनभरि नै मनाउनुपर्छ भने ।

मन्त्री बस्नेतले वातावरण संरक्षणका लागि स्थानीय र प्रदेशलाई समेत संघमार्फत थप सहयोग गर्ने नीति रहेको चर्चा गर्दै वातावरण संरक्षणमा सरकारी, निजी, नागरिक अगुवाको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

Advertisement

“वातावरण संरक्षण विदेशी नक्कलभन्दा आफ्नै भौगोलिक यथार्थता, व्यावहारिक पक्षलाई ध्यान दिई कार्यक्रम बनाउनुपर्छ, प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई कारवाहीको दायरामा ल्याउन लागिएको छ”, उनले भने।

वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधारको विकास गर्दा वन र वातावरण संरक्षण गर्न पनि ध्यान दिन आग्रह गर्दै आएको चर्चा गर्दै मन्त्री बस्नेतले यसका लागि अन्तरमन्त्रालयबीचमा छलफल भइरहेको छ भने ।

संरक्षणविद् डा धर्मराज उप्रेतीले वन व्यवस्थापनमा नयाँ नीति अवलम्बन गर्न सुझाव दिँदै प्रदूषणले देशका प्रमुख शहरको दैनिकीलाई कष्टकर बनाउँदै लगेको बताए ।

वातावरणविद् डा रविन मल्ल र डा राजन थापाले वन संरक्षण नीतिलाई परिवर्तन गर्न सुझाव दिए । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष राज शाहीले भौतिक पूर्वाधार विकासका साथमा वन तथा वातावरण संरक्षणमा जोड दिनुपर्छ भने ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद सत्या पहाडी, राससका महाप्रबन्धक ओपेन्द्र शर्माको सहभागिता रहेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top