कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

१८ जेठ ७५, शनिबार

पाल्पा, जेठ १९
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ ।

रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताए ।

नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामपुर नगरपालिका वडा नं ४ देवीस्थान बस्ने नेपाली गत जेठ १५ गते दिउँसो साथीहरुसँग कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्न जाँदा बेपत्ता भएका थिए ।

Advertisement

टिपर दुर्घटनामा सहचालकको मृत्यु

टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

Advertisement

तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिपरका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने १८ वर्षीय विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु३ख ८९३९ नंको टिपर दुर्घटना भएको हो । टिपरका चालक सोही ठाउँकै ३८ वर्षीय भीम परियारको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top