४ माघ, इटहरी ।
इटहरी उपमहानगरद्धारा इटहरी १७ को विपन्न वस्तीका सय जनालाई जाडोमा न्यानो कम्बल वितरण गरिएको छ । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गरेका हुन् ।

जाडोले सताएको वेला कम्वल वितरण गरेकोमा सर्वसाधारणले उपमहानगरलाई धन्यवाद ज्ञापन गरेका छन् । जाडोवाट प्रभावित अरु वडाको विपन्न वस्तीमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । विगत केहि दिन देखि वढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर वनेको छ ।

जाडोबाट बच्न आगो तापेर वाल्नका लागि उपमहानगरले चौक आसपास तथा विपन्न वस्तीहरुमा दाउरा समेत वितरण गरेको छ ।
