त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं : त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ ।

त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूको मासिक तलबमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार २ सय ३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

त्रिविको १ साउन २०७६ देखि लागु भएको तलबमानअनुसार प्राध्यापकका लागि वार्षिक ४१ करोड २१ लाख ३८ हजार ५ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । यस्तै सहप्राध्यापकका लागि वार्षिक १ अर्ब २५ करोड ४२ लाख ४३ हजार ३ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । त्रिवि आर्थिक प्रशासन महाशाखाका अनुसार उपप्राध्यापकका लागि तलबमा मात्रै वार्षिक १ अर्ब ४८ करोड २७ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुने गरेको छ ।

Advertisement

यस्तै सहायक प्राध्यापकका लागि वार्षिक १७ लाख २७ हजार ५ सय २० रुपैयाँ तलबमा खर्च हुने गरेको देखिएको छ । त्रिविमा प्राध्यापक वा सोसरह पदमा कार्यरतको तलब स्केल मासिक ६० हजार ६ सय ८० निर्धारण गरिएको छ । त्रिविमा शिक्षण सहायकका रूपमा कार्यरतले मासिक ३५ हजार ९ सय ९० रुपैयाँ बुझ्ने गरेका छन् । शिक्षण सहायकमा कार्यरतका लागि वार्षिक ७२ करोड ८ लाख ७ हजार ७२० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ ।

यस्तै सहप्राध्यापकको ४७ हजार ३८०, उपप्राध्यापकको ४० हजार ३८०, सहायक प्राध्यापकको ३५ हजार ९९० कायम गरिएको छ । हाल त्रिवि मातहत ५६६ प्राध्यापक, २ हजार २०६ सहप्राध्यापक, ३ हजार ६० उपप्राध्यापक, सहायक प्राध्यापक चार र शिक्षण सहायक १ हजार ६ ६९ जना कार्यरत छन् । हाल त्रिविअन्तर्गत ६२ आंगिक र एक हजार ६२ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले तलब स्केलबापत मासिक ७१ हजार ९ सय ८० रुपैयाँ बुझ्दै आएका छन् । हाल त्रिविको उपकुलपतिमा प्राडा। धर्मकान्त बाँस्कोटा रहेका छन् ।

यस्तै तलब स्केलबापत शिक्षाध्यक्षले मासिक ७० हजार एक सय, रजिस्ट्रारले ६९ हजार ८५०, त्रिवि सेवा आयोग सदस्यले ६९ हजार ७४०, डिन कार्यकारी निर्देशक र परीक्षा नियन्त्रकले ६८ हजार ७४० रुपैयाँ बुझ्दै आएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ । हाल त्रिविमा ७ हजार ९६६ जना शिक्षकका रूपमा कार्यरत रहेका छन् भने ७ हजार २३० जना कर्मचारीका रूपमा कार्यरत छन् ।

त्रिविमा शिक्षकहरूको तलबमा वार्षिक करोडाैँ खर्च भए पनि केही शिक्षकले विद्यार्थीमैत्री व्यवहार नगरेको । अध्यापनमा पर्याप्त समय नदिएको गुनासो आउने गरेको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top